गाेलाप्रथाद्वारा इजलास ताेक्ने कार्यविधि पारित, भाेलिबाट नियमित सुनुवाइ
आशा साह
मंसिर २, २०७८ बिहीबार
सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुको बैठकले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गर्ने निर्णय गरेको छ ।
सर्वोच्चमा बिहीबार दिउँसो बसेको १९ न्यायाधीशहरुको बैठकले नियमावली र गाेेलाप्रथाबारेकाे कार्यविधि तयार गरेको एक न्यायाधीशले नाम नबताउने सर्तमा गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।