दूधको मूल्यमा निजी क्षेत्रको असन्तुष्टि
गोरखापत्र अनलाइन
माघ २९, २०७८ शनिबार
सरकारले निर्धारण गरेको दूधको मूल्यप्रति डेरी उद्योगीले असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद्बाट कच्चा दूधको मूल्य वृद्धि गर्ने निर्णय गरेपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले प्रशोधित दूधको उपभोक्ता मूल्य वृद्धि गरेको छ । यो वृद्धिमा कच्चा दूधको मूल्यमा ६.५२ पैसा वृद्धि गरी प्रतिलिटर ५६.४० रुपियाँ र प्रशोधित दूधको मूल्य नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ निर्धारण भएको छ । डीडीसीले निर्धारण गरेको...