तीन सय रोपनीमा कागती खेती
गोरखापत्र अनलाइन
फाल्गुन २, २०७८ सोमबार
बागलुङ नगरपालिका–१२, अमलाचौरको सहेँला फाँट कृषकको मेहनत र परिश्रमले सिँगारिएको छ । बागलुङ नगरपालिका–१४, अर्माहका ४३ जना किसानले सामूहिक रूपमा तीन वर्षअघि लगाइएका कागतीका बिरुवा फुल्न थालेका छन् । चासो कृषक समूहका सदस्य र कर्मचारीलाई बिरुवाको गोडमेल, सिँचाइ र मल दिनका लागि भ्याइनभ्याइ छ ।