तीन वर्षदेखि मह उत्पादन घट्दै
गोरखापत्र अनलाइन
फाल्गुन १, २०७८ आइतवार
पछिल्ला वर्षमा मह उत्पादन घट्दो रहेको पाइएको छ । मौरीको चरन क्षेत्र मासिने, बालीमा विषादीको प्रयोग, प्रतिकूल मौसमलगयातका कारण उत्पादन घटेको नेपाल मौरीपालक महासङ्घले जानकारी दिएको छ । महासङ्घका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलका अनुसार गत तीन वर्षदेखि मह उत्पादनमा ह्रास आएको छ । नेपालमा २०७५ मा तीन हजार ५०० मेट्रिक टन, २०७६ मा दुई हजार २०० मेट्रिक टन र गत वर्ष २३ मेट्रिक टन मह उत्पादन भएको महासङ्घको तथ्याङ्कमा छ । “अहिलेकै...