मल कारखानाको प्रस्ताव बनाउन बोर्डलाई आग्रह
गोरखापत्र अनलाइन
माघ २५, २०७८ मंगलवार
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल कारखाना विद्युत् वा ग्यास प्रविधिबाट सञ्चालन गर्ने विषयमा प्रस्ताव तयार गर्न लगानी बोर्डलाई आग्रह गरेको छ । मल कारखाना स्थापना गर्ने विषयमा लगानीकर्तालगायत अन्य सरोकारवालासँग सोमबार गरिएको छलफलमा यस्तो आग्रह गरिएको हो । कृषिमन्त्री महिन्द्रराय यादवले भन्नुभयो, “मल कारखाना खोल्ने निर्णय सरकारले गरिसकेको छ तर कुन प्रविधिमा गर्ने कुरा टुङ्गिएको छैन । त्यसको छिटो टुङ्गो लगाउन...