म्यानपावरको वर्गीकरण गरिँदै
गोरखापत्र अनलाइन
माघ २१, २०७८ शुक्रबार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई वर्गीकरण गर्ने तयारी गरेको छ । श्रम मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजीव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको जनाएको छ ।