कल सेन्टरमा उजुरीपछि ‘स्टिङ अप्रेसन’
गोरखापत्र अनलाइन
माघ १९, २०७८ बुधबार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा परेको ठगीको उजुरीका आधारमा मार्सल टोलीले ‘स्टिङ अप्रेसन’ सुरु गरेको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका सेवाग्राहीको गुनासो र उजुरीका आधारमा श्रम मन्त्रालयका उपसचिव विष्णु लामिछाने नेतृत्वको मार्सल टोलीले सोमबार साँझदेखि ठगी गर्ने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमा स्टिङ अप्रेसन सुरु गरेको हो ।