अलैँची उत्पादन वृद्धिः किसानले पाएनन् मूल्य
रासस
माघ १३, २०७८ बिहीबार
जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५४२ मेट्रिक टन अलैँची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो।
उत्पादनमा वृद्धि भए पनि यसले उचित मूल्य पाउन सकेको छैन। महत्वपूर्ण नगदेबालीको रुपमा रहेको अलैँची खेतीप्रति उत्साहित...