भन्सारमा इपेमेन्टको सुरुआत, घरमै बसेर भन्सार जाँच पास गर्न सकिने
रासस
माघ १२, २०७८ बुधबार
अर्थमन्त्री जनार्दन शर्माले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज आयोजित एक समारोहबीच भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको सुरुआत गर्नुभएको छ ।
इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्न सक्ने भएका छन् । योसँगै ‘नयाँ युग’को सुरुआत भएको जनाउँदै उहाँले यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने विश्वास व्यक्त...