जलवायु जोखिमसम्बन्धी निर्देशिका जारी, आउँदो आर्थिक वर्षदेखि लागू हुँदै
गोरखापत्र अनलाइन
माघ १२, २०७८ बुधबार
बीमा समितिले नियामक निकाय बीमा समितिले जलवायु जोखिमसम्बन्धी निर्देशिका–२०७८ जारी गरेको छ । यो निर्देशिका २०७९ साउन १ गतदेखि लागू हुने समितिले जनाएको छ ।
यो निर्देशिकाले जीवन तथा निर्जीवन बीमा कम्पनीले वार्षिक प्रतिवेदनमा जलवायुसम्बन्धी जोखिमबाट आफ्नो व्यवसायमा परेको प्रभाव खुलाउनुपर्ने व्यवस्था छ ।