प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउन आग्रह
गोरखापत्र अनलाइन
माघ ११, २०७८ मंगलवार
अर्थमन्त्री जनार्दन शर्माले बैङ्कले प्राथमिकता तोकेको क्षेत्रमा लगानी दोब्बर बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्कको ५७औँ वार्षिकोत्सव समारोहलाई सोमबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मन्त्री शर्माले कृषि, पर्यटन, औद्योगिक विकास र विस्तारमा गर्दै आएको लगानीलाई दोब्बर बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको हो । मन्त्री शर्माले मुलुकलाई आत्मनिर्भर बनाउन वैदेशिक लगानी अभिवृद्धिका लागि नयाँ र समयसापेक्ष...