महामारीले चिनियाँ नाकामा समस्या, स्थानीय व्यापारी चिन्तित
गोरखापत्र अनलाइन
माघ ११, २०७८ मंगलवार
कोरोना महामारीले तातोपानी नाकाबाट हुने व्यापारमा समस्या भएको छ । चिनियाँ पक्षले महामारी र विपद् देखाएर एकतर्फी ढंगले नाका खोल्ने र बन्द गर्ने गर्दा व्यापारमा समस्या भएको हो । तातोपानी र केरुङ नाकामा समस्या देखिएपछि व्यवसायी व्यापारबाटै पलयान हुनेक्रम बढेको छ । दुबै नाकामा विभिन्न बाहनामा चीनले न्यून रुपमा मात्रै कारोबार गर्दे आएको छ ।