खोप उद्योग स्थापनामा सहजीकरण
गोरखापत्र अनलाइन
आश्विन ८, २०७८ शुक्रबार
खोप उत्पादन गर्ने उद्योग स्थापनाका लागि व्यवस्था गर्दै नेपाल राष्ट्र बैङ्कले पुनर्कर्जा कार्यविधि, २०७७ तेस्रो संशोधनसहित ल्याएको छ । नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैङ्कले तोकेका ग्राहक ऋणीका लागि छ महिना अवधिको हुने कार्यविधिमा उल्लेख छ ।