दिगो विकासका लागि वार्षिक २० खर्ब २५ अर्ब चाहिने, केही क्षेत्रमा नेपालको लोभलाग्दो प्रगति
रासस
आश्विन ७, २०७८ बिहीबार
दिगो विकास लक्ष्य हासिल गर्न वार्षिकरुपमा औसत रु २० खर्ब २५ अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । चालु आर्थिक वर्षको बजेट रु १६ खर्ब ३२ अर्ब ८३ करोड रहेको छ । दिगो विकास लक्ष्यका लागि निर्धारण गरिएको बजेटभन्दा झण्डै रु चार खर्ब बराबरको बजेट कम हुने देखिन्छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत पेश गर्नुभएको बजेटलाई प्रतिनिधिसभाले पारित गरिसकेको छ ।
कूल विनियोजनमध्ये सङ्घले चालुतर्फ रु छ खर्ब...