असोज ४ गतेदेखि नयाँ नोट, प्रतिव्यक्ति १८ हजार, 'क' वर्गका बैंकले वितरण गर्ने
गोरखापत्र अनलाइन
भाद्र २८, २०७८ सोमबार
नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज पहिलो हप्तादेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्न लागेको जानकारी दिनुभयो ।