दश दिनमै दुई करोड २८ लाख रुपियाँ आरोहण शुल्कबापत राजस्व संकलन
गोरखापत्र अनलाइन
भाद्र २६, २०७८ शनिबार
हिमाल आरोहण शुल्क बापत पर्यटन विभागले १० दिनमा दुई करोड २८ लाख १३ हजार ४९४ रुपैयाँ राजश्व संकलन गरेको छ । विभागले भदौ १५ गतेदेखि आरोहण अनुमति दिन शुरु गरेसँगै शुक्रबारसम्ममा मनास्लु, धौलागिरी, कञ्चनजंगा र मरियाङ हिमाल आरोहण शुल्कबापत ठूलो मात्रामा राजस्व संकलन गरेको जनाएको छ ।