बजेटप्रति विपक्षीकाे असन्तुष्टि, बागमती प्रदेश सभा बैठकअवरुद्ध
गोरखापत्र अनलाइन
असार १९, २०७८ शनिबार
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटप्रति असन्तुष्टि जनाउँदै बागमती प्रदेशसभाको शनिबारको बैठक अवरुद्ध गरिएको छ ।
विनियोजन विधेयक २०७८ माथिको छलफल प्रारम्भ भए लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली काँग्रेस र विवेकशील साझा पार्टीले बजेट प्रति असहमति जनाउँदै बजेटमा सुधारको माग गरेका थिए ।