आगामी मौद्रिक नीतिका लागि सुझाव
गोरखापत्र अनलाइन
असार १९, २०७८ शनिबार
नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ को दोस्रो लहरले तहसनहस हुन लागेको अर्थतन्त्रलाई पुनरुत्थान गर्नका लागि ३ प्रतिशत ब्याजदरमा करिब दुई सय अर्ब रुपियाँ कर्जा दुईदेखि तीन वर्षसम्म प्रवाह गर्नुपर्ने बताएको छ ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले शुक्रबार नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सबै प्रकारका लघु, साना, मझौला, ठूला उद्योग एवं व्यवसाय, निर्यात व्यवसाय, महिला उद्यमशीलता तथा कृषि क्षेत्रका लागि...