‘अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान महत्त्वपूर्ण’
गोरखापत्र अनलाइन
असार ८, २०७८ मंगलवार
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान धेरै महìवपूर्ण रहेको बताउनुभएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीसँग सोमबार वेबिनारमार्फत आयोजना गरिएको अन्तरक्रियामा उहाँले संसारभरकै साना तथा घरेलु उद्यमको अवस्था हेर्दा झन्डै ९९ प्रतिशत नै रहेको र अर्थतन्त्रमा योगदान पनि धेरै अर्थपूर्ण रहने देखिएको बताउनुभयो ।