काेभिडका कारण घाटा बढेपछि बेचिन थाले सौराहाका होटल
गोरखापत्र अनलाइन
असार ९, २०७८ बुधबार
कोरोना महामारीका कारण बन्द भएर निरन्तर घाटा लागेपछि चितवनको सौराहाका होटल सञ्चालकले होटल बिक्री गर्न थालेका छन् । बैङ्कको ब्याज, व्यवस्थापन खर्च धान्न नसकेपछि सौराहाका ठूला दुई होटल बिक्री भएका छन् ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोना सङ्क्रमण र त्यसपछि भएको निषेधाज्ञाका कारण पर्यटन क्षेत्र धरासयी भएको जानकारी दिनुभयो । पहिलो कोरोना सङ्क्रमणले थलिएको पर्यटन क्षेत्र दोस्रो लहरले झनै...