हराउँदै हल गोरु, बढ्दै यन्त्र
गोरखापत्र अनलाइन
जेष्ठ ३१, २०७८ सोमबार
मानो खाएर मुरी उब्जाउने असार लाग्नै लाग्दा दुई हल गोरु पालेर आफ्नो र गाउँलेको समेत खेतबारी जोत्दै आएका पिर्तीराम प्रजा (चेपाङ)लाई कुनै चटारो छैन । एक हल गोरु गोठमा अझै भए पनि तिनको उपयोगिता घट्दै गएको छ । त्यसको साटो कृषि यन्त्रको धुन उहाँमा चढेको छ ।
मकवानपुरको दुर्गम क्षेत्र कैलाश गाउँपालिका–७, ताम्लाङका पिर्तीरामलाई हाइसन्चो हुने एउटै कारण हो, गाउँमा मिनी ट्रिलर (जोत्ने मेसिन)को आगमन । अगुवा किसान पिर्तीराम भन्नुहुन्छ,...