दुई बृहत् खानेपानी आयोजना सञ्चालनको तयारी
रासस
फाल्गुन ११, २०७८ बुधबार
म्याग्दीमा दुई ठूला खानेपानी आयोजना सञ्चालनका लागि तयारी थालिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जिल्लाको रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा खानेपानी आयोजना सञ्चालनको तयारी गरेको हो ।
रघुगङ्गा–२ र ३ मा बृहत् भगवती, पिप्ले खानेपानी आयोजना र बेनी –५, ६, ९, १० का विभिन्न बस्ती, रघुगङ्गा गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी बृहत् घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न लागिएको...