अरुण तेस्रोको काम २८ प्रतिशत सकियो
गोरखापत्र अनलाइन ,
फाल्गुन २५, २०७६ आईतवार
बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाले पछिल्लो समय गति लिएको छ । केही वर्षअघिसम्म पनि बन्ने नबन्ने आशङ्कामा रहेकोमा पछिल्लो समय कामको गति बढेपछि स्थानीय पनि आयोजना बन्नेमा ढुक्क हुन थालेका छन् ।
डेढ वर्षअघिसम्म नै नौ सय मेगावाट क्षमताको अरुण तेस्रो बन्ने वा नबन्ने विषयमामा स्थानीय अन्योलमा थिए । तीस वर्षअघि पनि अरुण तेस्रोको व्यापक चर्चा चलेको र केही स्थानीयले मुआब्जा समेत लिइसकेको अवस्थामा पनि नबनेको अवस्थामा...