गाउँका बुङ्गा सहरमा भए महँगा
गोरखापत्र अनलाइन ,
फाल्गुन २१, २०७६ बुधबार
झिसमिसेमै विराटनगर अस्पताल चौकमा भेटिनु हुने मोरङ जहदा गाउँपालिका–४, केवलासा टोलका चिसुदु ऋषिदेव दिनभर गाउँका घरघरमा डुल्नुहुन्छ । दिउँसो गाउँ घुम्ने र बिहान विराटनगर रुङ्ने दैनिकी ५२ वर्षीय ऋषिदेवले आफैँ बसाउनु भएको भने हैन ।
बुबाकै पालादेखि सुरु भएको दैनिकी ४० वर्षयता निरन्तर छ । गाउँघरको तरकारी किनेर सहरका चौकमा चारघण्टा बस्दा ऋषिदेवको दैनिक जीविकोपार्जनसँगै तालिका बन्ने गरेको छ ।