औषधि आपूर्तिबारे छलफल गर्न राज्यमन्त्री दुगड आज भारत जाँदै
गोरखापत्र अनलाइन ,
फाल्गुन २२, २०७६ बिहीबार
नेपालमा औषधि आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगड भारत प्रस्थान जान लाग्नु भएको छ । नेपालमा औषधि अभाव हुन नदिन भारत सरकार सँग कुरा गर्न आजै भारत प्रस्थान गर्न लागेको र आफू विमानस्थल पुगेको राज्यमन्त्री दुगडले गोरखापत्र अनलाईनलाई जानकारी दिनुभयो ।