भूकम्पले भत्किएका विद्यालय अझै बनेनन् चिसोमा पनि टहरोमै पढ्न बाध्य
गोरखापत्र अनलाइन
पुष २७, २०७८ मंगलवार
भूकम्पले ध्वस्त बनाएको हिमाली क्षेत्रका विद्यालय पुनर्निर्माण नहुँदा साढे छ वर्षदेखि विद्यार्थीले टहरामा चिसोले कठ्याङ्ग्रिएरै पढ्न बाध्य छन् । तीन नगरपालिका र नौ गाउँपालिकाका हिमाली भेगका क्षतिग्रस्त विद्यालय सरकार र दाताले पुनर्निर्माण नगर्दा विद्यार्थीले टहरामा पढ्नुपरेको हो । भोटेकोसी, त्रिपुरासुन्दरी, सुनकोसी, हेलम्बु, पाँचपोखरी थाङपाल गाउँपालिकाका लेकाली भेगका विद्यालयका विद्यार्थीले जाडोमा टहरामा...