ललितपुर महानगरपालिकाले आगामी असोज १ गतेबाट विद्यालय सञ्चालन गर्ने
गोरखापत्र अनलाइन
भाद्र ३०, २०७८ बुधबार
लतिपुर महानगरपालिकाले आगामी असोज १ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरको शिक्षा समितिको बैठकले कोभिड १९ को जोखिम मुल्याङ्कन गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले बताउनुभयो ।