सर्लाहीका अधिकांश पालिकामा विद्यालय खुले
गोरखापत्र अनलाइन
भाद्र २८, २०७८ सोमबार
कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि बन्द गरिएका सर्लाहीका विद्यालय धमाधम खुल्न थालेका छन् ।
जिल्लाका २० वटा पालिकामध्ये अधिकांशमा विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्न थालिएको छ । पालिकाहरुले प्रशासनसँग अनुमति लिएर धमाधम विद्यालय खोलिरहेका हुन् । जिल्लाको लालबन्दी, बलरा, बरहथवा, मलङ्गवा, कविलासी, हरिपुर, बागमती, हरिवन, हरिपूर्वा, ईश्वरपुर र गोडैता गरी ११ वटै नगरपालिका भित्रका विद्यालय खुलिसकेका...