तोकिएका कुनै पनि परीक्षा स्थगित हुँदैनन् – शिक्षा मन्त्री श्रेष्ठ
गोरखापत्र अनलाइन
बैशाख ६, २०७८ सोमबार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कुनै तोकिएका कुनै पनि परीक्षा नरोकिने बताउनुभएको छ । मन्त्री श्रेष्ठले आज ललितपुरमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरुसँग कुराकानी गर्दै सो कुरा बताउनुभएको हो । कोरोना संक्रमणको दर बढेकाले वैकल्पिक माध्यमबाट पढाउने व्यवस्था गरी वैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएको बताउनुभयो ।