सन्दर्भ नारी दिवस: ‘भाषणले महिला दिवसको सान्दर्भिकता झल्काउन सक्दैन’
रासस
फाल्गुन २४, २०७७ सोमबार
कैलालीको टीकापुर नगरपालिका– १, गणेशपुर शिविरकी कल्पना चौधरीलाई महिला दिवसको जानकारी नै छैन । यस्ता दिवस कहिले आउँछन् ? कसले मनाउँछन् ? कहिले सकिन्छन् ? उहाँलाई यस्ता दिवसले कहिल्यै छोएको पनि छैन । शिविरको बास, पाँच जनाको परिवारको गुजाराका लागि उहाँ सात वर्षदेखि ‘इलेक्ट्रिक मेकानिक’को काम गर्दै आउनुभएको छ । श्रीमान्बाट काम सिक्नुभएकी उहाँलाई यस्ता दिवसमा जाने फुर्सद पनि छैन । श्रीमान् र कल्पनासँगै काम गर्नुहुन्छ...