logo
२०८१ असोज ८ मंगलवार

हुम्लामा हिमपात किसान खुशी, चिसाे बढ्याे (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-03-08-33341


राजन रावत
सिमकोट, फागुन २३ गते । लामो समयपछि हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभरि आकाशमा लागेको बादलपछि सोमबार बिहानबाट हिमपात सुरु भएको हो ।
फागुन अन्तिम साता आएर हिमपात भएको स्थानीय सुरिकला रावतले बताउनुभयो । यो वर्ष हिउ हेर्न कठिन भएका बेला हिमपात भएको उहाँको भनाइ छ ।

हिमपात सुरु भएकोले जमिनमा हिउँ जम्न सुरु भएको छ । जमिने सेताम्मे देखिन थालेको छ । हिमपात भएपछि सदरमुकाम सिमकोट लगाएर उत्तरी हुम्लामा चिसो पनि बढेको छ । अग्लो स्थानमा हिमपात धेरै भएको जनाइएको छ । बिहानै तापक्रम माइनसमा झरेको छ । मानिसहरु हिउँमा खेल्नका लागि घर बाहिर निस्कन थालेका छन् । यो वर्ष गतिलोसँग हिमपात नभएपछि चिन्तामा रहेका किसानहरु भने खुसी देखिएका छन् । खडेरी परेका बेला हिमपात भएको हो । यो हिमपात यो वर्षको चौथो हिमपात भए पनि भारी हिमपात हुन सकेको थिएन ।