अविरल वर्षाः कतै बाढी-पहिरो, कतै डुबानबाट क्षति
गोरखापत्र अनलाइन ,
असार २८, २०७७ आईतवार
निरन्तर भइरहेको वर्षाका कारण प्रदेश ५ का विभिन्न जिल्लामा थप क्षति पुगेकाे छ । प्रदेशका दाङ, पश्चिम नवलपरासी, गुल्मी, बाँके, अर्घाखाँचीलगायतका जिल्लाहरूमा वर्षा, बाढी, पहिरो र डुबानका कारण थप क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको जनाउँदै उद्धारका लागि जिल्ला जिल्लामा सुरक्षाकर्मीहरूका टोली सक्रिय रहेको बताउनुभयो ।