कर्णालीमा थप ५५ जनामा कोरोना सङ्क्रमण, एकै दिन ३१ जना निको भएर घर फर्किए
गोरखापत्र अनलाइन ,
जेष्ठ २९, २०७७ बिहीबार
कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बिहीबार नयाँ ५५ जना सङ्क्रमित थपिएपछि कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ७६३ पुगेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल र र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ४८ जना, सुर्खेतका छ जना र काठमाण्डौँ घर भइ हाल सुर्खेत रहेका एक जनामा रहेका छन् ।