नगरपालिकाले बनायो वाइफाइ, टेलिभिजन र बीमा सुविधासहितको क्वारेन्टाइन
गोरखापत्र अनलाइन ,
जेष्ठ २४, २०७७ शनिबार
निशुल्क वाइफाइ, टेलिभिजन, व्यायाम गर्ने प्रशस्त ठाउँ भएको मण्डनदेउपुर नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा २९ जना विदेश तथा कोरोना प्रभावित जिल्लाबाट आउनुभएका व्यक्तिहरु बसेर फर्किएका छन् । अहिले पनि आठ जना क्वारेन्टाइनमै रहेको मण्डनदेउपुर स्वास्थ्य शाखामा कार्यरत दीपक घिमिरेले जानकारी दिनुभयो ।