पाँचखालमा मूर्ति फेला, सम्पदा संरक्षण गर्न माग
रासस
चैत्र २, २०७६ आईतवार
पाँचखाल नगरपालिका–१ अनैकोट, कोट्याङस्थित ठूलीचौरमा स्थानीय युवाले माटो खन्ने क्रममा बागेश्वर मञ्जुश्रीको मूर्ति भेटिएको छ । शनिबार फेलापरेको दुई फिट अग्लो उक्त मूर्तिमा नेपालको प्राचीन प्रथम मुद्रा मानाङ्कसमेत अङ्कित भएकाले सयौँ वर्ष पुरानो हुनसक्ने अनुमान गरिएको छ ।