कूटनीतिक समुदाय र विदेशी नागरिकलाई सक्दाे सहयोग गर्न सरकार तयार
गोरखापत्र अनलाइन ,
चैत्र ३, २०७६ सोमबार
सरकारले नेपालस्थित कूटनीतिक समुदाय, तिनका परिवार र विदेशी नागरिकलाई आफ्नो क्षमताले भ्याएसम्म स्वास्थ्य सुरक्षा उपलव्ध गराउँदै त्यसमा हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घ, त्यसका विशिष्टिकृत निकाय, नेपालको विकासका साझेदार, विदेशी नागरिक र तिनका परिवारलाई कुनै किसिमका असुविधा हुन नदिनेतर्फ सरकार सचेत रहेको पनि बताएको छ ।