ललितपुर र धनगढीले बराबरी खेल्यो, काठमाडौंले पोखराको सामना गर्दै
गोरखापत्र अनलाइन
बैशाख १७, २०७८ शुक्रबार
नेपाल सुपर लिग(एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले धनगढी एफसीसँग बराबरी खेलेको छ । बिहीबार सम्पन्न एक मात्र खेलमा दुई टोलिले १–१ को बराबरी खेलेको हो ।
दशरथ रङशालामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको थियो । दोस्रो हाफमा विदेशी खेलाडी ओलवाले अफिजले ७२ औं मिनेटमा गोल गर्दै धनगढीलाई १–० को अग्रता दिलाउनुभयो । तर उक्त अग्रता लामो समय टिक्न सकेन । ललितपुरका रञ्जन विष्टले ७९...