तनहुँमा ३८ हजार बढी बालबालिकालाई विद्यालयमै खोप
गोरखापत्र अनलाइन
पुष ७, २०७८ बुधबार
तनहुँमा १२ वर्षदेखि माथिका ३८ हजारभन्दा बढी बालबालिकालाई विद्यालयमा कोरोनाविरुद्धको मोडर्ना खोप दिइएको छ । विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने निर्देशन गरेसँगै बुधबार भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा बुधबार, बाँकी पालिकामा बिहीबार र शुक्रबार खोप लगाउने स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।