थप ६ लाख ६४ हजार मात्रा फाइजरकाे खाेप आइपुग्याे
गोरखापत्र अनलाइन
पुष ९, २०७८ शुक्रबार
थप ६ लाख ६४ हजार भन्दा बढी खोप शुक्रबार नेपाल ल्याइएकाे छ । कोभ्याक्स सुविधा अन्तर्गत आज बिहान ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । सरकारले आगामी १३ पुसदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई कोभिडविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक...