साढे तीन करोड भित्रियो, एक करोड मौज्दात, ३९ लाखको अभिलेख छैन
सिर्जना खत्री
पुष ६, २०७८ मंगलवार
नेपाललाई पुस २ गतेसम्म तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप प्राप्त भएको छ । प्राप्त खोपमध्ये पुस २ गतेसम्मै दुई करोड १४ लाख ४५ हजार १४५ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
सरकारले उपलब्ध गराएको खोपको आयात र वितरण भएको तथ्याङ्क हेर्दा नेपालसँग एक करोड ४० लाख २१ हजार ८३५ मात्रा खोप सुरक्षित हुनुपर्ने हो । तर, स्वास्थ्य सेवा विभागको आपूर्ती शाखामा पुस २ गतेसम्म केन्द्र र प्रदेश...