चिसाे बढ्दै छ, बालबालिकालाई कसरी जोगाउने ?
गोरखापत्र अनलाइन
मंसिर ६, २०७८ सोमबार
जाडो मौषममा विशेषगरि बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ। बालस्वास्थ्य अनुसन्धनकर्ता, सुरक्षा सुवेदीकाअनुसार बालबालिकाहरुलाई चिसोबाट बचाउन विभिन्न स्वास्थ्य सुरक्षा अपनाउन सकिन्छ ।
बच्चाहरुलाई बिहानको घाममा राख्नुपर्छ । यो एकदमै जरुरी छ । यसले भिटामिन डि त प्रदान गर्छ नै चिसो लाग्नबाट बचाउँछ । घाममा राख्दा तोरीको तेलले मालिस गरिदिनुपर्छ ।