मकवानपुरमा एचआईभी सङ्क्रमित बढ्दै
रासस
मंसिर ४, २०७८ शनिबार
मकवानपुर जिल्लामा हाल एचआईभी सङ्क्रमितको सङ्ख्या ३९९ पुगेको एक तथ्याकङ्ले देखाएको छ । यसको सङ्ख्या महिनैपिच्छे बढ्दै गएको हेटौँडा अस्पतालले जनाएको छ । प्रत्येक महिना ४– ५ एचआईभीका नयाँ सङ्क्रमित देखिने गरेको छ । उक्त अस्पतालका अनुसार जिल्लामा ती सङ्क्रमितमध्ये १४७ महिला, १४४ पुरुष र १८ तेश्रो लिङ्गीे रहेको बताइएको छ । उनीहरुले उक्त अस्पतालबाट सङ्क्रमणविरुद्धको एआरटी औषधि नियमितरुपमा सेवन गरिरहेको जनाइएको छ...