'जाडोमा पानी कम पिउनाले छाला सुख्खा हुन्छ ’
गोरखापत्र अनलाइन
मंसिर ८, २०७८ बुधबार
गर्मीमा विभिन्न संक्रमणजन्य रोग लागेजस्तै जाडो मौसममा छालामा विभिन्न समस्या देखिने गर्छन् । हातखुट्टा फुट्ने, सुन्निने, छालामा निलो, रातो डाम देखिने जस्ता समस्या देखिने छाला रोग विशेषज्ञ प्रा. डा. सविना भट्टराई बताउनुहुन्छ । जाडो मौसममा हामीले घामबढी ताप्ने हुँदा छाला सुख्खा हुने, चाया पर्ने, कालो दाग बढीमात्र देखिने भट्टराईको भनाइ छ ।