थप ९५७ जनामा सङ्क्रमण पुष्टि, १२ जनाको मृत्यु
गोरखापत्र अनलाइन
कार्तिक २, २०७८ मंगलवार
पछिल्लो २४ घण्टामा ९५७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार १४० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, एक हजार ७७६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १३९ जनामा कोरोना संक्रमण देखिएको छ ।