कृष्णनगरमा हैजा फैलिएको आशङ्का, रातभर दोब्बर बिरामी थपिए
गोरखापत्र अनलाइन
आश्विन २०, २०७८ बुधबार
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हैजा फैलिएको आशङ्का गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु, प्रदेश स्वास्थ्य निर्देशनालयको अनुगमन टोलीले बिरामी को लक्षण र संक्रमणको अवस्था हेर्दा हैजा फैलिएको आशङ्का गरेका छन् । रोगको पुष्टि गर्नका लागि केही विरामीको दिसाको नमुना संकलन गरी ल्याबमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । नमुनाको नतिजा आउन कम्तीमा ४८ घण्टा लाग्ने...