थप ५७४ जना सङ्क्रमित, एक हजार ४०५ जना निकाे, सातको मृत्यु
गोरखापत्र अनलाइन
आश्विन १७, २०७८ आईतवार
पछिल्लो २४ घण्टामा ५७४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ७० वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ५७४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
यस्तै, दुई हजार ६७९ वटा एन्टीजेन परीक्षण गर्दा १०५जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.४ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ४०५ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको...