कोरोनाका ८१२ जना थप विरामी, एक हजार जना निकाे, दशकाे मृत्यु
गोरखापत्र अनलाइन
आश्विन १८, २०७८ सोमबार
पछिल्लो २४ घण्टामा ८१२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ८९३ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८१२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
यस्तै, चार हजार ९८१ वटा एन्टीजेन परीक्षण गर्दा २१८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.४ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको...