पेट सिटिस्क्यान मेसिन नहुँदा विदेश जान बाध्य
सरोज ढुङ्गेल
आश्विन १७, २०७८ आईतवार
नेपालमा पेटको सिटिस्क्यान सुविधा नभएका कारण क्यान्सरका बिरामी विदेश गएर महँगोमा पेट स्क्यान गराउन बाध्य हुने गरेका छन् ।
न्युक्लियर मेडिसिनअन्तर्गत पेट सिटिस्क्यान मेसिनबाट क्यान्सर रोगको पहिचान गर्न सकिन्छ । क्यान्सर निको भइसकेका व्यक्तिले पनि फलोअपका क्रममा पेट सिटिस्क्यान गर्नुपर्ने हुन्छ । नेपालमा सरकारी तथा नीति क्षेत्रमा उक्त सुविधा नहुँदा अचेल बिरामी भारत, थाइल्यान्डलगायतका मुलुकमा गएर पेट सिटिस्क्यान...