७६८ सङ्क्रमित थपिए, पाँचको मृत्यु, २२६ सङ्क्रमणमुक्त
गोरखापत्र अनलाइन
बैशाख ४, २०७८ शनिबार
नेपालमा कोरोनाभाइरसका ७६८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार ३३३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७६८ जना कोभिडबाट सङ्क्रमित भएको पहिचान गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८३ हजार ६५८ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा २२६ जना सङ्क्रमित...