काठमाडाैंसहित १४ जिल्ला काेराेना अति प्रभावित वर्गीकरण, विद्यालय लगायत भीडभाड हुने स्थानमा नजान आग्रह
गोरखापत्र अनलाइन
बैशाख २, २०७८ बिहीबार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई दोस्रो चरणको कोरोना महामारीबाट अति प्रभावित क्षेत्रको रुपमा वर्गीकरण गरेको छ । काठमाडौं, ललितपर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बाग्लुङका जिल्लामा भीडभाड नगर्न एवम् दोस्रो चरणको कोरोना सङ्क्रमणबाट संवेदनशील बन्न सरकारले आग्रह गरेको हो